मितिः 2074/12/07
बिषयः सूचना सूचना सूचना
यस नगरपालिका अन्तर्गत वडा नं. 3 मा रहेको शम्भुनाथ बाबा मन्दिर 2075 बैशाख 1 गते देखि ऐ. मसान्त सम्म विगतका बर्षहरु झै यस पटक पनि एक महिने शम्भुनाथ मेला लाग्ने भएकोले मेलालाई ठेक्का मार्फत संचालन गर्ने भनि शम्भुनाथ नगरपालिका नगर कार्यपालिकाको मिति 2074/12/04 गते बसेको बैठकको निर्णय अनुसार उक्त मेला ठेक्का मार्फत सञ्चालन गर्नको लागि गोप्य शिलबन्दी ठेक्कामा भाग लिन इच्छुक सर्वसाधारण सबै महानुभावहरुको जानकारीकोलागि यो सूचना प्रकाशित गरिएको छ ।
तपशिल
(क) गोप्य शिलबन्दी ठेक्का फारम विक्री हुने मितिः 2074/12/07 देखि 2074/12/22 गते दिउँसो 3M00 बजेसम्म
(ख) गोप्य शिलबन्दी ठेक्का फारम बुझाउने मितिः 2074/12/08 देखि 2074/12/22 गते सम्म कार्यालय समय भित्र
(ग) गोप्य शिलबन्दी ठेक्का फारम खुल्ने मितिः 2074/12/23 गते दिउँसो १ बजे
(घ) गोप्य शिलबन्दी ठेक्का फारम बिक्रि हुने, बुझाउने र खुल्ने स्थानः शम्भुनाथ नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, कठौना, सप्तरी
तपशिल शर्त
1. ठेक्का लिने व्यक्ति नेपाली हुनु पर्नेछ ।
2. ठेक्का सकार गरेको कबुल अंकको ५ प्रतिशत धरौटी रकम नगद सहित ठेक्का फारममा शिलबन्दी पेश गर्नु पर्नेछ । ठेक्का फारममा उल्लेखित रकम र धरौटी रकम फरक पर्न गएमा धरौटी रकमलाई आधार मानिनेछ ।
3. ठेक्का सकार गरेको कूल रकम एकमुष्ट बुझाएमा ठेक्का रकमको 10% छुट दिई मेलाको कार्यदेश दिनेछ ।
4. एक मुष्ठ रकम नबुझाएमा पहिलो किस्ता वापत 25 प्रतिशत रकम लिई बाँकी रकमको हकमा जाय जेथ्था जमानी राखी ठेक्का सदर भएको तीन दिन भित्र कार्यदेश लिनु पर्नेछ । बाँकी रकम मध्ये दोस्रो किस्ता 2075/01/21 गते भित्र 40 प्रतिशत बुझाउनु पर्नेछ र अन्तिम किस्ता रकम 2075/01/30 गते भित्र 35 प्रतिशत रकम बुझाउनु पर्नेछ । तोकिएको समय भित्र किस्ता रकम नबुझाएको खण्डमा प्रचलित कानुन बमोजिम हुनेछ ।
5. मेलामा गैर कानुनी खेल, तामासा तथा अबैध क्रियाकलाप संचालन गर्न गराउन पाइने छैन गरे/गराएमा सो को सम्पूर्ण जिम्मेवारी ठेकेदारको हुनेछ ।
6. मन्दिरको आम्दानी नगरपालिकाको संरक्षण रहनेछ ।
7. पछि फिर्ता नहुने गरी रु. 500।- (पाँच सय) दाखिला गरी शिलबन्दी ठेक्का फारम लिन सकिनेछ ।
8. अन्य शर्तहरु प्रचलित नियम कानून अनुसार हुनेछ ।
9. न्युन्तम कबुल रु. 2,01,000।- (दुईलाख एक हजार मात्र) कायम गरिएकोछ ।
........................
मनोज कुमार साह
नि. प्रमुख प्रशासकीय अधिकृत