शम्भुनाथ नगरपालिका प्लाष्टिक झोला नियन्त्रण अभियान, २०७३

“शम्भुनाथ नगर: स्वच्छ हराभरा र समुन्नत शहर” 

शम्भुनाथ नगरपालिका प्लाष्टिक झोला नियन्त्रण अभियान, २०७३

प्लाष्टिक झोला के हो ?
प्लाष्टिक झोला पेट्रोलियम कच्चा पदार्थबाट बनेको हुन्छ । सामान्यतयाः प्लाष्टिक झोलाहरु इथाइलिनलाई पोलिमराइजेसन गरेर बनाइन्छ साथै, प्लाष्टिक झोला बनाउँदा पोलिमरका अलावा पिग्मेन्टलगायत विभिन्नट किसिमका रसायनहरु समेत प्रयोग गरिन्छ, जुन मानवस्वास्थ्यको लागि समेत जोखिमपूर्ण हुन सक्छन् । यसरी बनेका प्लाष्टिकका झोलाहरु वर्षौं वर्षसम्म पनि नकुहिने तथा प्रकाश, ताप र अन्य रासायनिक पदार्थबाट समेत नष्ट नहुने खालका हुन्छन ।

प्लाष्टिक झोला नियन्त्रण किन ?
प्लाष्टिक झोलाहरु खुला रुपमा बाल्दा डाइअक्सिन, फ्युरान जस्ता क्यान्सर लगाउन सक्ने अत्यन्तै हानीकारक रसायनहरु उत्सर्जन हुन्छन् र यसरी बाल्दा निस्कने अन्य ग्याँसहरुले स्वास प्रस्वास सम्बन्धी रोगहरु लगाउन सक्छन् । अव्यवस्थित रुपमा फ्याँकिएका प्लाष्टिक झोलाहरु सानो सानो टुक्रामा टुक्रिए पनि कहिल्यै पूर्ण रुपमा नष्ट हुदैनन् यसरी टुक्रिएको प्लाष्टिकले विरुवाको जराको वरिपरिको भाग ओगट्छ, जसले गर्दा विरुवाले आवश्यक मात्रामा पोषक तत्व लिन पाउँदैन साथै सूर्यको किरणलाई जमीनमा रहेको छिद्रबाट भित्र जानबाट समेत रोक्दछ भने प्लाष्टिक झोलाले माटोमा रहेको उपयोगी ब्याक्टेरियालाई नष्ट गर्ने हुनाले उत्पादकत्वमा कमी आउँछ । प्लाष्टिक झोलाहरु पानीका श्रोतहरुमा मिसिएर पानीलाई शुद्द गर्नै नसकिने गरी प्रदूषित बनाउँदछन् साथै, पानीका श्रोतहरु प्लाष्टिक झोलाले प्रदूषित गरिरहँदा प्लाष्टिक झोलाले पानीजन्य रोगका किटाणुहरु फैलाउन समेत सहयोग  गरिरहेको हुन्छ । प्लाष्टिक झोला पानीमा नघुल्ने हुँदा यसले ढल निकासमा अवरोध पुर्यासउँछ, अधिकांश समय ढल फुटेर प्रदूषण हुँदा प्लाष्टिक झोला नै यसको कारक देखिएको छ । लामो समयसम्म नसड्ने तथा नगल्ने कारणले वर्षौं वर्षसम्म वातावरणमा रही शहरको सौन्दर्यमा ह्रास ल्याउनुका साथै पर्यटन व्यवसायमा समेत असर पुर्यागउँदछ। प्लाष्टिक झोलामा राखीएको फोहर खाँदा घरपालुवा जनावर (जस्तै गाई, भैसी) को मृत्यु समेत हुन सक्छ ।  

त्यसैले 
प्लाष्टिक झोलाको बेचबिखन तथा प्रयोग छोडेर जुट तथा कपडाको झोला र कागजको थुंगा बेचबिखन तथा प्रयोग गरौं । बजारमा किनमेल गर्न जाँदा घरबाटै जुट तथा कपडाको झोला बोक्ने बनि गरौं । बजारबाट अनावश्यक रुपमा प्लाष्टिक झोला बोकेर घरमा ल्याई फोहर बढाउने काम नगरौ। प्लाष्टिक जन्य फोहोरलाई छुट्याएर मात्र डस्टविनमा राखौं । 
"सुन्दर धार्मिक नगरी शम्भुनाथको सौन्दर्य अभिबृदी गर्न आजैदेखि लागौ"

शम्भुनाथ नगरपालिका कार्यालय, वातावरणमैत्री स्थानीय शासन कार्यक्रम
सम्पूर्ण राजनैतिक दलहरु 
सल्लाहकार समिति
वडा नागरिक मंच र टोल विकास संस्था, शम्भुनाथ
थप जानकारी तथा सुझावका लागि 
Website : www.shambhunathmun.gov.np 
"शम्भुनाथ नगरको आवह्वान- प्लाष्टिक झोला मुक्त अभियान˝